Websoft University

लिम्पियाधुरा समेतको भूभाग समेटिएको पुस्कत प्रकाशन हुने–मन्त्री अर्यालको



काठमाण्डौ साउन ३ गते । रातो तारा डट कम, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले लिम्पियाधुरा समेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धी विषय, तथ्य प्रमाणहरु समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताउनुभएको छ । मन्त्रालयले गरेको पुस्तक बिमोचन कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो जानकारी दिनुभएको हो ।  सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विष्तृत रुपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभाग मार्फत मन्त्रालयले कामको थालनी गरेको मन्त्री अर्यालले बताउनुभयो । मन्त्री अर्यालले कालापानी, लिम्पियाधुरा सम्मका भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तराष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्य प्रमाणहरु सहित निकट भविश्यमा नै त्यो किताब प्रकाशन गर्ने तयारीमा रहेको बताउनुभयो । मन्त्रालयको नेतृत्व भूमि प्रशासनको क्षेत्रमा नयाँ ढंगले जानका निम्ती जमर्को गरिरहेको भन्दै उहाँले एकपछी अर्को गर्दै बिगतमा भन्दा सिर्जनशील, प्रगतिशिल र मौलिक ढंगले अगाडी बढ्ने प्रयत्नमा रहेको पनि बताउनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.