Websoft University

नेकपाको स्थायी कमिटी बैठक स्थगित


काठमाण्डौ साउन ३ गते । रातो तारा डट कम, विवादका कारण पटक, पटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि दुईदिन पछाडी सरेको छ । शीर्ष नेताले छलफल गरेर विवाद मिलाउने नाममा फेरि बैठक असार ४ गतेसम्मका लागि स्थगित भएको छ । बैठक विहान ११ बजेका लागि बोलाइएको भएपनि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएकोथियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको परामर्शले बैठक फेरि दुईदिन पर सारिएको छ । अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेपछि पनि बैठक दिउँसोका लागि सारिएको थियो । विवाद समाधानका लागि निकास खोज्ने अन्तिम सम्मको प्रयास पनि असफल भएपछि ओली र प्रचण्ड–नेपाल समूहले आ आफ्नो रणनीति बनाएका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.