Websoft University

गायिका माया नानुको आवाजमा “कोरोना भाइरसमा फसौला ” भिडियो सहित ।


काठमान्डौ । रातो तारा डट कम, नेपाली मौलिक तिज गीतहरु मौलिकता बाट पर गइरहेको अवस्थामा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा प्रविण क्षेत्रीको पहिलो लोकदोहोरी तिज गीत “कोरोना भाइरसमा फसौला ” गीतको भिडियो बजारमा आएको छ । नेपाली नारीहरुले भोगेको पिडा र ब्यथालाई गीतमा समेटिएको छ । कोरोना भाइरसले पारेको प्रभावलाई गीतमा समेटिएको छ ।

प्रविण क्षेत्रको शब्द सिर्जना  तथा इन्द्र दाहाल शिशिरको लय सिर्जना गीतमा रहेको छ । नेपाली तिजको गीतहरुमा भडकिलो किसिमको पहिरन र शब्द प्रयोग भइरहेको अवस्थामा आम रुपमा दर्शकको मनोभावनाको कदर गर्दै समयानुकुल गीत लाई बजारमा ल्याएको गीतका सर्जक प्रविण क्षेत्रीले बताए  । सुशिल डाँगीको छायाँकन , अविनास डिसीको सम्पादन तथा रविन शाहको निर्देशन भिडियोमा छ  । गीतको भिडियोमा लोमश शर्मा र सिम्रन दुलालको अभिनय तथा नृत्य रहेको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.