Websoft University

मोरङमा हुने करेला खेती र त्यसका बिशेषता


तेजेन्द्र भण्डारीस्वतन्त्र पत्रकार,बिराटनगर साउन ६ गते । रातो तारा डट कम,कृषि समचारमा तितेकरेलाको  खेती,बिषेश गरेर करेल हिउद र बर्खामा फल्ने हरियो तरकारी हो । यो तरकारी मानिसहरुले तरकारी बनाएर खान अतिनै मनपाराउने गरेको पाइन्छ । करेला वा करेलीको शब्जि आलुमा टमाटर हरीयो खोर्सानी लगाएर फ्रई गरेर खाएमा अति स्वादिस्ट हुने गरेको पाइन्छ ।

करेला आफैमा औषधीय गुणले भरीपुर्ण भएको शब्जि हो । यो करेलाको तरकारीलेहरेक मानिसहरुको भान्सामा महत्वपुर्ण ठाउँ ओगटेको पाइन्छ । करेला नेपालको महाड तराइ जुनसुकै ठाउमा यसको खेती सजिलै सग गर्न सकिने भएकाले पनि धेरै ठाउँहरुमा मानिसहरुले करेको बिरुवाहरु रोपेका हुन्छन् । करेलाको फलको शब्जिले मानिसमा हुने पेट सम्बन्धि धेरै रोग ठिक पार्ने समेत करेलाको बब्जि खाने पारखीहरुले बताउने गरेका छन ।

यो तितो फल भएकाले मानिसमा भएको पेटको बिकार निकाल्ने र मधुमेहको रोगलाई कम गर्नेछ भने यसको सेवनले प्रेसर समेतलाई ठिक पार्न मानिसहरुले प्रयोग गर्ने गरेको पाइन्छ । करेलाको खेती गर्न कुनै छनोट भएको जलवायुको उपयुक्त ठाहरुको पनि आवश्यक्ता पर्दैन । यो जुनसुकै ठाउमा लगाउन सकिने कृषहरुको भनाइरहेको पाइन्छ । करेलाको खेती फस्र्टाउने गरि व्यवसायिक खेती गर्न यसका बेर्ना रोप्ने ठाउँको छनोट गरेर खेती गर्दा कृषहरुले धेरै उत्पादन गर्न सक्नेछन ।

करेलाको खेती देशका सबै क्षेत्रमा गरिन्छ । यो बेमौसमी उत्पादन हुने तरकारी हो । करेलाको खेती मोरङको धेरै ठाउँमा गरिने भए पनि बिराटनगर नजिकै रहेको कटहरी गाउँपालिकाको धेरै क्षेत्रमा यसको बढी खेती गरेको पाइन्छ । अहिले सरकारले कृषकलाई सहयोग गर्ने हो भने करेलाको उत्पादनले नेपाल आत्मानिर्भ हुन सक्ने पनि किसाहरुले बताउने गरेका छन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.