Websoft University

८० हजार घुस सहित दुइ जना पक्राउ


काठमाण्डौ साउन ६ गते । रातो तारा डट कम,जल उत्पन्न प्रकोप नियन्त्रण तथा सिँचाइ डिभिजन कार्यालय बाराका सब–इन्जिनियरसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८० हजार घुस रकमसहित पक्राउ गरेको छ । 

डिभिजन कार्यालय बाराका सब इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल र उनका सहयोगी चन्दन जैसवाललाई ८० हजार घुससहित आयोगको हेटौडा कार्यालयको टोलीले आइतवार साँझ पक्राउ गरेको हो । सब इन्जिनियर जैसवालले नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न भएपछि रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुसस्वरूप ८० हजार रुपयाँ लिई भाग्न खोज्दा दुबै जना कलैया नगरपालिका चारमा रहेको सब इन्जिनियर जैसवालको घरबाट पक्राउ परेको आयोगले जनाएको छ । 

कलैया उपमहानगरपालिका १५ मा रहेको पसाहा खोला नियन्त्रणका लागि जाली बोल्डर गर्न २० लाखको ठेक्कामा सव इन्जिनियर जैसवालले ठेकदारसँग रकम मागेको र ठेकदारले उक्त प्रस्ताव अस्विकार गरेपछि चार लाख रुपैयाँ घुस मागेको र त्यो पनि दिन नसक्ने जवाफ दिएपछि २० लाखको योजनाको नौ लाख ९५ हजार रुपैयाँ मूल्यांकन गरेर त्यसमा पनि एक लाख रुपैयाँ घुस मागेर सेवाग्राहीलाई दुख दिएको सेवाग्राहीले जनाएका छन् । अख्तियारले केही दिन अघिदेखि सब इन्जिनीयर जैयसवालमाथि निगरानी बढाएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.