Websoft University

पेस्तोल सहित २ जना मानिस पक्राउ


सुनसरी, श्रावण २ गते । रातो तारा डट कम,सुनसरीको देवानगंज गाउँपालिका-३ पानीट्याङकीबाट आटोमटिक पेस्तोल सहित २ जना मानिस पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाउँपालिका-२ का २३ बर्षीय पिन्टु यादव र ३२ बर्षीय राजेश यादवलाई पक्राउ गरेको हो । गस्तिमा रहेको प्रहरी टोलीले ३ जना भारतिय नागरीक सहित २ वटा मोटरसाईकलमा आएका ५ जनाको समुहलाई रोकेर चेकजाँच गर्ने क्रममा एक्कासी प्रहरी टोलीलाई लक्षित गरी फायर खोलेकोमा प्रहरीको तर्फबाट समेत जवाफी फायर हुँदा दुई जना घाईते भएको तथा अन्य ३ जना भारत तर्फ नै फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले USA अटोमटिक पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड र म्यागजिन २ थान तथा भारतिय नम्बर प्लेटको मोटरसाईकल १ थान र One Test साईन मोटरसाईकल १ थान बरामद गरेको छ । घाईते भएका दुबै यादवद्धयको बि.पी. कोईराला स्वसास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा  उपचार भईरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.