Websoft University

“ १४ (चौध) बर्षपछि कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ”

   

बिराटनगर साउन २गते । रातो तारा डट कम, जिल्ला झापा साविक टागनडुब्बा गा.वि.स वडा नं. ९ हाल टागनडुब्बा गाउँपालिका वडा नं. ३ स्थितमा रहेको नन्दुलाल विश्वकर्माको घरमा निज नन्दुलाल विश्वकर्माको जेठो ज्चाईँ जिल्ला झापा साविक मेचिनगर नगरपालिका वडा नं.-८ हाल ऐ.ऐ वडा नं.-५ बस्ने वारदातका बखत बर्ष अं. २७ को बौदल लामगाधे बि.क भन्ने पुण्य प्रसाद विश्वकर्माले ऐ.ऐ  टागनडुब्बा गा.वि.स वडा नं. ९ बस्ने बर्ष ३५ को नत्थु विश्वकर्माको साईकल सोही दिन दिउसोको समयमा कामाटोलि बजारबाट नसोधि ल्याएको बिषयमा नत्थु वि.क आफ्नो साईकल लिन भनि प्रतिवादीको ससुरालि घर गएको बेला रक्सीको नशाले मातेका बौदल लामगाधे बि.क भन्ने पुण्य प्रसाद बि.क ले कुटपिट गर्दा नत्थु बि.क घाईते भई निजलाई उपचारको लागि विराटनगर स्थित विराट नर्सिङ होम लगिएकोमा उपचारको क्रममा मिति २०६३।१२।२५ गते अं. १५;०० बजे प्रतिवादीले कुटेको चोटका कारण मृत्यु भएको । वारदात पश्चात फरार रहेका प्रतिवादी बौदल लामगाधे बि.क भन्ने पुण्य प्रसाद विश्वकर्मा उपर मृतकका ससुरा राम बहादुर बि.क ले कुटपिट गरी कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दिएको ।सो वारदात पश्चात लामो समय फरार रहेका प्रतिवादीको नाममा सम्मानित झापा जिल्ला अदालतबाट मिति २०७७।०१।३० गते पक्राउ अनुमति लिई खोजि कार्य तिव्र गरीएकोमा निजलाई जिल्ला प्रहरी कार्यालय झापा एवं ई.प्र.का काँकडभिट्टा को संयुक्त टोलिले मिति २०७७।०३।३० गते जिल्ला झापा मेचिनगर न.पा वडा नं. ८ स्थित ईटाभट्टा चौकमा लुकिछिपि बसि रहेको अवश्थामा फेला पारी पक्राउ गर्न सफल भयो। सो पश्चात निज प्रतिवादीलाई घटनास्थलका प्रत्यक्षदर्सी समेत रहेका मृतकका साला केशव वि.क , निज सँग वारदात भन्दा अगाडी सँगै काम गर्ने निजकै साथि र निजलाई चिन्ने अन्य मानिस समेतले निज हाल पक्राउ हुन आएका व्यक्तिले नै नत्थु बि.क लाई मिति २०६३।१२।२४ गते अं. २०;०० बजेको समयमा कुटपिट गरी घाईते बनाई कर्तव्य गरी मारेका हुन भनि सनाखत समेत गरिदएको लगायत,किटानि जाहेरी ,घटनास्थल मुचुल्का ,मृतकको लाश जाँच मुचुल्का बुझ्नु पर्ने मानिसहरुको घटना विवरण कागज लगायतका प्रमाणका आधारमा मिति २०७७।०३।३१ गते सम्मानित झापा जिल्ला अदालतबाट पहिलो पटक ७(सात) दिनको म्याद थप गरी हाल अनुसनधानको लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ ।   
        सूचना अधिकारी
                   प्र .ना.उ राकेश थापा
     जि.प्र.का झापा
       मो.न.  ९८५२६९०२३२

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.