Websoft University

प्रतिबन्धित लागुऔषध सहित मानिस पक्राउ


विराटनगर, श्रावण ५ गते । रातो तारा डट कम,मोरङको बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन । 
पक्राउ पर्नेमा भारत अररिया जोगमनी बस्ने १९ बर्षीय तारिकन अनवर, बिराटनगर-६ का २० बर्षीय सुमित दास र सोही स्थानका १८ बर्षीय मनिस दास रहेका छन । 
उनिहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

हिजो साझ साढे ६ बजे साईकलमा रहेका भारतिय नागरिक अनवरलाई विराटनगर-१५ स्थितबाट ३५ ग्राम ५६० मिलिग्राम खैरोहिरोयन ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।  उनले साईकलको सिटमुनी ब्राउनसुगर लुकाई राखेका थिए । 

यसै गरी बिराटनगर-१६ स्थितमा  पैदल हिडिरहेका सुमित र मनिसलाई १२० नाईट्राभेट लागुऔषध ट्याब्लेट सहित पक्राउ गरिएको हो । यसरी लागुऔषध सहित पक्राउ परेका तिनै जना उपर  ईलाका प्रहरी कार्यालय रानीबाट कानुनी कारबाही प्रकृया अगाडी बढाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.