Websoft University

आजबाट भारी वर्षाको सम्भावना भएकाले,सचेत रहन मौसमविद्को अनुरोध



बिराटनगर साउन ५ गते । रातो तारा डट कम,जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेको अवस्था छ । विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, २, बागमती, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक÷दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै आज राति देशभर पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनेछ । रातिपनि प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेशका एक÷दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षा धेरै हुने स्थानमा बाढि, पहिरो र डुबानको जोखिम रहेको भन्दै महाशाखाले सचेत रहन अनुरोध समेत गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.