Websoft University

दुई एम्बुलेन्स अस्पतामै थन्किए


काठमाण्डौ साउन ५ गते । रातो तारा डट कम,जिल्ला अस्पताल धादिङको लापर्वाहीका कारण अस्पतालको दुईवटा एम्बुलेन्स अलपत्र रुपमा थन्किएको छ । भारत सरकारबाट सहयोग प्राप्त बा १ झ ८०१८ नम्बरको २०७३ सालमा चलिरहेको एम्बुलेन्स अस्पतालले विविध कारण देखाई थन्काइएको हो ।

 बागमती प्रदेश सरकारसँग समन्वय गरि उक्त एम्बुलेन्स अहिले कवाडीमा बेच्ने तयारी गरिरहेको पाइएको
छ । यस्तै हिमालयन हेल्थ कियर नेपालबाट जिल्ला अस्पताल धादिङले सहयोग प्राप्त गरेको बा २ झ २२७७ नम्बरको एम्बुलेन्स लकडाउन कै बेला बैशाख १७ गते नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पशुपति मन्दिर नजिक कै दुर्घटना भएको थियो । 

एम्बुलेन्स चालकले नचलाएर सिकारुले चलाएको बेला दुर्घटना भएको पाइएको छ । दुर्घटनामा परेको एम्बुलेन्स मर्मतको लागि काठमाडौ लगिए पनि ग्यारेजमा नै थन्किएर बसेको अस्पताल स्रोतले जनाएको छ ।  अहिले जिल्ला अस्पताल धादिङमा आपतकालिन अवस्था सिर्जना भईमा विरामीहरु जिल्लाबाहिर लैजानु पर्यो भने २५ किलो मिटर भन्दा टाढाबाट एम्बुलेन्स मगाउनु पर्ने बाध्यता रहेको छ । 

अस्पतालको चरम लापर्वाहीका कारण एउटा चल्दा चल्दै कवाडी बनाउने र अर्को सिकारुलाई सिक्न दिएर दुर्घटना गराउने कार्यले अहिले जिल्ला अस्पताल एम्बुलेन्स विहिन बनेको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.