Websoft University

बाल बिबाहमा संलग्न चार जना पक्राउ



काठमाण्डौ साउन ५ गते । रातो तारा डट कम,बाल बिबाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका १ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया बालिकालाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । प्रहरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका १ को २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया बालिकालाई बिहे गरेको भनी आँधीखोला गाउँपालिकाका ३ बस्ने केशबराज पौडेलले प्रहरीमा किटानी जाहेरी दिएपश्चात बेहुला तिवारीसहित बुवा, आमा गरी चार जनालाई प्रहरीले असार ३१ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चार जनालाई बिबाहसम्बन्धी कसुर अन्तर्गत ‘बाल बिबाह’ मुद्दा दर्ता गरिएको छ । गत बिहीबार स्याङ्जा जिल्ला अदातलबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.