Websoft University

मध्यपूर्वका मुलुक निकै खराब अवस्थामा पुगेको भन्दै, विश्व स्वास्थ्य संगठनको चिन्ता


काठमाण्डौ असार १९ गते । रातो तारा डट कम,विश्व स्वास्थ्य संगठन कोरोना भाइरस महामारीका कारण मध्यपूर्वका मुलुक निकै खराब अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेको छ । मध्यपूर्वका देशले कोरोना संकटलाई वेवास्ता गर्दै बन्दाबन्दीलाई खुकुलो बनाउँदै गएपछि त्यस क्षेत्रमा कोरोना महामारी खराब अवस्थामा पुगेको संगठनले नियमित जानकारीको क्रममा बताएको हो । संगठनले मोरक्कोदेखि पाकिस्तानसम्मका २२ मुलुकमा कोरोना संक्रमितको संख्या दश लाख नाघेको भन्दै अवस्था झन् भयावह हुन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका पूर्वी भूमध्यसागर क्षेत्रीय कार्यालयका प्रमुख अहमद अल मन्धारीले मध्यपूर्व क्षेत्रमा कोरोना संक्रमणका कारण मृत्यु भएकामध्ये ८० प्रतिशत पाँच मुलुक मिस्र, पाकिस्तान, ईरान, ईराक र सउदी अरबका रहेको बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.