Websoft University

सार्वजनिक यातायात व्यवसायीहरुले गरे विभिन्न माग राख्दै विरोध र्याली !


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,यातायात व्यवसायीहरुले विभिन्न माग राख्दै आन्दोलित भएको छ । सार्वजनिक यातायात व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरुले आज इटहरीमा विरोध र्याली तथा प्रदर्शन गरेका छन् ।

यसअघि पनी आफ्ना माग पुरा गराउन सरकारलाई दवाव दिनुका साथै विभिन्न सरकारी निकायमा आफ्ना माग बारे ध्यानाकर्षण गराउँदै आएको महासंघ प्रदेश १ ले बिहीबार इटहरीमा विरोध र्याली प्रदर्शन गरेको छ । सरकारले व्यवसायीको माग सुनवाइ नगरेकै कारण यातायात व्यवसायीहरुले आत्महत्या गर्नूपर्ने अवस्था सम्म आएको भन्दै उनीहरुले तत्काल माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।

इटहरी वसपार्कमा भेला भएका व्यवासयीहरुले इटहरीस्थित सिप्रदी टे«डिङ अगाडी पुगेर नारावारी समेत गरेका छन् । सिप्रदी मार्फत फाइनान्स गरेर सवारी किनेका बाबुकाजी कार्कीलाई लकडाउन अवधिको किस्ता तिर्न दबाब दिएका कारण उनले अत्महत्या गरेको भन्दै व्यवसायीहरुले उनको परिवारलाई आवश्यक क्षति पूर्ती दिन माग गरेका छन् ।
बासपार्कबाट कोणसभा गरि सिप्रदी टे«डिङ पुगेको व्यवसायीहरुले सिप्रदीको ज्यादती बन्द हुनुपर्ने, पीडितलाई क्षतिपुर्ती दिनुपर्ने, मृतकलाई यातायात क्षेत्रको सहिद घोषणा गर्नुपर्ने भन्दै नारावाजी समेत गरेका थिए ।

यता सिप्रदी ट्रेडिङका प्रतिनिधि नवराज जोशीले भने बाबुकाजी कार्कीसँग लकडाउनको अवधिको किस्ता नमागिएकाले अन्य कारणले नै आत्महत्या गरेको दाबी गर्नुभयो ।

यस्तै यातायात व्यवसायीहरुले लकडाउनको अवधिमा सार्वजनिक सवारी साधन सञ्चालन नभएकाले सो अवधिको किस्ता नमाग्न वित्तिय संस्थाहरुलाई आग्रह गरेका छन् । उनीहरुले लकडाउनको समयको किस्ता १ वर्ष भन्दा पछि तिर्ने गरि व्यवस्था गर्नुपर्ने र यातायातमा आवद्ध मजदुरहरुलाई राहतको घोषणा गर्नुपर्ने समेत माग गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.