Websoft University

जाजरकोट डोल्पा बिचको बन्द सडक खुलाउदै


काठमाण्डौ असार १९ गते । रातो तारा डट कम,जाजरकोटको भेरी नगरपालिकास्थित रिम्ना बजार नजिकै गएको पहिरोले गएराति देखि खलंगा डोल्पा सडक अबरुद्ध भएको छ । अबरुद्ध सडक खुलाउने कार्य विहानै देखि जारी रहेको छ । जाजरकोट डोल्पा सडक खण्डमा पर्ने रिम्ना बजार नजिकै एक किलोमिटर माथीबाट आएको ढिस्को सहितको पहिरोले बाटो अवरुद्ध भएपछि रुकुम पश्चिमको आठविसकोट नगरपालिका, जाजरकोटको नलगाड नगरपालिका, वारेकोट गाउपालिका र डोल्पा जाने यात्रुका लागि बाटो अबरुद्ध हुदा सास्ती भएको हो । बाटो विहानै देखि खुलाउनका लागि नगरको जेसीवीले काम गरिरहेको र साँझसम्म सडक सूचारु हुने भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । बर्षायाम लागेसंगै जाजरकोट डोल्पा सडक खण्डका विभिन्न स्थानमा पहिरो गएपछि सडक अबरुद्ध हुदाँ यातायाताका साधन आवत जावतमा कठिनाई हुने गरेको छ । सो सडक छिटै सन्चालमा आउने समेत बताइएकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.