Websoft University

ङाता पोल मन्दिरको जीर्णोद्धार सकियो


काठमाण्डौ असार १९ गते । रातो तारा डट कम,भक्तपुरको विश्व प्रसिद्ध ङाता पोल (पाँच तल्ले) मन्दिरको जीर्णोद्धार कार्य सम्पन्न भएको हो । २०७२ सालको विनासकारी भूकम्पले मन्दिरको पाँचौ तल्ला पूरै र अन्य ठाउँमा पारेको चिराको मर्मत एवं झिंगति छाउने कार्य पूरा गरेको ङाता पोल (पाँच तल्ले) मन्दिर जीर्णोद्धार समितिले जनाएको हो । भक्तपुर नगरपालिकाको ६५ लाख रुपैयाको लागतमा गत मंसिरदेखि बनाउन थालेको मन्दिरको जीर्णोद्धार पूरा हुँदा ३४ लाख रुपैयाँ मात्र खर्च गरेको छ भने मन्दिर जिर्णोद्धारका लागि स्थानीयबाट ११ लाख रुपैयाँ नगद र अन्य जिन्सी सामग्री समेत सहयोग प्राप्त हुनुका साथै दुइ हजार ६ सय भन्दा बढी स्वयंसेवकले श्रमदान गरेको स्थानीय जनप्रतिनिधी पूर्णगोपाल राजचलले जानकारी दिनुभयो । जीर्णोद्धार कार्य सम्पन्न भएसँगै खत हटाउने र मन्दिरको पाँचै खुट्कीलामा ढुँगा बिछ्याउने तथा परम्परागत रंगरोगन कार्य भने अर्कोचरणमा गर्ने उपभोक्ता समितिका अध्यक्ष केशव तमखुले जनाएको छ ।  

  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.