Websoft University

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले विश्व खेलकुद पत्रकार दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाए




काठमाडौ असार १८ गते । रातो तारा डट कम,नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले विश्व खेलकुद पत्रकार दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । कोभिड–१९ को महामारीका कारण मञ्चले सामाजिक दुरी कायम गर्दै बिहिबार मञ्चको केन्द्रीय कार्यलयमा ‘नेपाली खेलकुद पत्रकारितामा कोभिड–१९ को असर’ विषयक अन्तक्रियामा कार्यक्रम आयोजना गरको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले कोभिड–१९ को महामारीमा अधिकांश सञ्चारकर्मी आफ्नो रोजगारीबाट बन्चित हुनु परेको बताउनु भयो । ‘कतिपय सञ्चार गृहले कोभिडको बहानामा क्रियासिल पत्रकारलाई निकाल्ने काम गरेका छन् । अधिकांश पत्रकारको तलब भत्ता कटौती गरिएको छ । यस्तो अवस्थामा सञ्चार गृह र श्रमजीवी पत्रकार दुवै पक्ष बाँच्ने वातावरण बनाउन आवश्यक छ । सरकारले समेत अग्रपंक्तिमा काम गर्ने पत्रकारको समस्यालाई त्यति बुझेको छैन,’ बिष्टले भन्नुभयो ।

बिष्टले विश्व खेलकुद पत्रकार दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै विसम परिस्थितिमा आफ्नो पेशालाई जोगाउन सम्पूर्ण श्रमजीवी पत्रकारहरुले झनै सक्रिय भएर काम गर्नुपर्ने बताउनु भयो । कोभिड–१९ को कारण देखाई सञ्चार संस्थाले पत्रकारमाथि अनावश्यक तनाव दिएको भन्दै महासंघले सबैको ध्यानाकर्षण गर्न सुक्रबार बबरमहलमा शान्तिपूर्ण आन्दोलन गर्न लागेको जानकारी पनि उहाले दिनुभयो ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले महामारीको समयमा खेलकुदसँगै समग्र पत्रकारितालाई अगाडी बढाउन ठूलो चुनौती पैदा भएको बताउनु भयो । ‘सञ्चार क्षेत्रलाई अहिले आर्थिक संकट ठूलो छ । कोभिड पछि विज्ञापनमा आएको ह्रास हेर्दा कसरी चल्ने भन्ने अवस्था छ । सबैलाई रहन सक्ने गरी नयाँ सोच र पद्धति अपनाउन आवश्यक छ,’ बिष्टले भन्नुभयो ।

बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतिक प्रधानले कोभिड–१९ ले सबैभन्दा बढी असर खेलकुद पत्रकारितामा पारेको बताउनु भयो । ‘अहिले खेलकुद गतिविधि हुन सक्ने अवस्था छैन । यस्तो अवस्थामा पत्रकारहरुले आफुलाई जोगाईराख्न भर्चुअल खेलकुदका विषय, अनुसन्धान मुलक रेख रचना, विषय बस्तुको गहिराईमा पुगेर लेखन क्षमता बृद्धि गर्ने लगाय काम गर्न आवश्यक छ । 

कोभिडको महामारीले खेलपत्रकारलाई नयाँ विषय सृजना गर्ने मौका पनि दिएको छ,’ प्रधानले भन्नुभयो । उहाँले संकटको समयमा पत्रकारलाई निकाल्नु भन्दा एक छाक खाएर भएपनि सबै पक्ष मिलेर बाच्नु पर्ने बताउनु भयो । बरिष्ट पत्रकार श्याम चित्रकार र राजु सिलवालले नेपाली खेलकुद पत्रकारिताले विगतको तुलनामा उल्लेख्य सफलता हात पारेको बताउनु भयो । खेलकुद प्राविधिक र साहसिक विषय भएकोले यसमा रमेर काम गर्नुपर्ने उहाँहरुको भनाई थियो । 

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गा नाथ सुवेदी (देवेन्द्र) ले खेलकुद विटमा काम गर्ने मात्र १० जना पत्रकारले कोभिड–१९ को कारण रोजगारी गुमाउन बाध्य भएको बताउनु भयो । एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले कोरोनाको महामारीमा पनि खेलकुद पत्रकारहरुले कसरी हुन्छ समाचार उत्पादनमा आफुहरुलाई ब्यस्त बनाई रहेको बताउनु भयो ।

सन् १९२४ मा पेरिस ओलम्पिक हुँदा जुलाई २ तारिखमा इन्टरनेशनल स्पोर्टस प्रेस एसोसिएशन स्थापना गरिएको
थियो । सोही दिनलाई विश्वभर विश्व खेलकुद पत्रकार दिवसका रूपमा मनाइँदै आएको छ । नेपालमा पनि खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले जुलाई २ मा एनएसजेफ पल्सर स्पोर्टस अवार्डका साथै अन्य विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको थियो ।

गोविन्द रेग्मी
सचिव

                     

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.