Websoft University

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार पाँच सय १९ पुगे


काठमाण्डौ असार १८  गते । रातो तारा डट कम,नेपालमा पछिल्लो २४ घण्टामा चार सय ७३ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रायलयले आज सार्वजनिक गरेको विवरण अनुसार एक सय नौ महिला र तीन सय ६४ पुरुषसहित चार सय ७३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार पाँच सय १९ पुगेको छ । मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकामा थप ३२ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा सबैभन्दा बढी २८ जना, ललितपुरका र भक्तपुरका दुइ–दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालका अनुसार कोरोना सङक्रमण निको भएर अहिलेसम्म पाँच हजार तीन सय २० जना घर फर्किएका छन् । मन्त्रालयले कोरोना सङ्क्रमित डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको पनि जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा गत मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको हिजो साँझ मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.