Websoft University

प्रदेश १ मा ८८.५४ प्रतिशतले कोरोना जिते


विराटनगर, ४ साउन । रातो तारा डट कम, प्रदेश १ मा आज सम्ममा ८८ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज भएका छन् । गत वैशाख ५ गतेदेखि आज सम्ममा  कोरोना संक्रमित भएका मध्ये ८८ दशमलव ५४ प्रतिशत डिस्चार्ज भएका छन् । 

प्रदेश १ मा ७ सय ९३ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कोरोना संक्रमण भएका मध्ये ७ सय २ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका मध्ये ८८ जना अहिले उपचाररत छन् । प्रदेश १ मा हाल सम्म १ जना बृद्धको मृत्यु भएको छ । मृत्यु भएका व्यक्ति सप्तरीका हुन । उनको धरानमा उपचाररत रहेको अवस्थामा मृत्यु भएको थियो । 

प्रदेश १ मा आज ३ जनामा संक्रमण देखिएको छ । सुनसरी, झापा र मोरंगमा १–१ जनामा संक्रमण देखिएको
छ । सुनसरीको हरिनगर, झापाको मेचीनगर र मोरंगको बुढीगंगाका १–१ जना पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज संक्रमण देखिएका ३ जनाको व्यवस्थापनको काम भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आज सम्म ३५ हजार बढीको कोरोना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार आज सम्म ३५ हजार ४ सय ६३ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७ सय ९३ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ३४ हजार ६ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा आज ४ सय ९१ जनाको स्वाव संकलन गरिएको छ । प्रदेश १ मा स्वाव संकलन गरिएको दिन नै रिपोर्ट आउन थालेको छ । प्रदेश १ मा कोरोना संक्रमित भएकाहरुको उपचारका लागि ७ वटा आईसोलेसन केन्द्रहरु रहेका छन् । 
७ वटा केन्द्र मध्ये वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ सय ६६ जना, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट २ सय ६० जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १ सय ५८ जना, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढीबाट १५ जना, उद्योग बाणिज्य संघ, फुङलिङ अस्थाई केन्द्र (ताप्लेजुङ) बाट २ जना र जिल्ला अस्पताल खोटाङ, अस्थाई केन्द्रबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.