Websoft University

सार्वजनिक यातायातका साधनहरु सोमबारबाट सञ्चालन हुने

शिव भट्टराई, सुनसरी । रातो तारा डट कम,चार महिना देखि सञ्चालन नभएका प्रदेस नम्बर १का सार्वजनिक यातायातका साधनहरु सोमबारबाट सञ्चालन हुने भएका छन ।
नेपाल राष्ट्र बैंकले घोषणा गरेको मौद्रिक नितीले यातायात व्यवसायीहरुलाई केही राहत महशुस गराएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल प्रदेस नम्बर १ले यातायात सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको हो ।

नेपाल सरकारले चैत्र ११ गते देखि सुरु भएको लकडाउनपछि देखि हाल सम्म सञ्चालन हुन नसकेका सार्वजनिक सवारी साधनहरु नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार सञ्चालन गर्न सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल प्रदेस नम्बर १ ले पत्रकार सम्मेलन गरी यातायात व्यवसायीहरुलाई आग्रह गरेको छ ।  

महासंघ प्रदेस नम्बर १का महासचिव रमेश खत्रीले मौद्रिक नितीले केही हद सम्म व्यवसायीहरुलाई उत्साहित वनाएपनि आफना धेरै मागहरु पुरा नभएकै अवस्थामा यातायात सञ्चालन गर्न लागिएको वताए । उनले माग अघि सार्दै सवारी सञ्चालन गर्ने जनाउदै एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने भन्दा पनि प्रदेस भरी वा आफुहरुले पाएको रुट अनुसार सञ्चालन गर्न दिनु पर्ने माग समेत अघि सारे ।

महासंघले यात्रु तथा मजदुरहरुको समस्यालाई समेत मध्यनजर गर्दै यातायात सञ्चालन गर्न लागिएको भएपनि स्वास्थ्य सुरक्षालाई केन्द्रमा राखेर यातायात सञ्चालन गर्न व्यवसायी तथा यात्रुहरुलाई आग्रह समेत गरेको छ । पत्रकार सम्मेलनमा महासंघ प्रदेस नम्बर १का अध्यक्ष महेन्द्र अधिकारी , बरिष्ठ उपाध्यक्ष मनोज प्रधान , उपाध्यक्ष टंकप्रसाद आचार्य लगायतका यातायात व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.