Websoft University

हङ्कङमा बस्दै आएका भोलानाथ थापा मगरले दिए सुन्दरहरैंचा ६ का ८० विपन्न परिवारलाई दिए राहत

शिव भट्टराई,मोरङ । रातो तारा डट कम,रोजगारिको शिलशिलामा हङ्कङ बसोबास गर्दै आएका भोलानाथ थापा मगरले आफ्ना स्वर्गीय माता पिताको नाममा मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ६ का विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। खासगरि कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएर विहान बेलुकाको छाक टार्न नै समस्या भएका सुन्दरहरैंचा वडा नम्बर ६ खर्शाङेनी चौकका ८० विपन्न परिवारलाई उनले खाद्यान्न सहयोग गरेका हुन्। 

उक्त कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धना तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने सुन्दरहरैंचा नगरपालिकाका वडा नं ६ का वडाध्यक्ष जीवन राईको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि तामाङ्गले विश्वका जुनसुकै कुनामा पुगेपनि नेपाल र नेपालीप्रतिको माया र सहयोग गर्ने नेपालीहरुको बानि रहेको भन्दै सहयोगी हातलाई धन्यवाद दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ठ अतिथि राईले नेपाली समाजमा कोरोनाले पैदा गरेको आर्थिक, सामाजिक र मनोबैज्ञानिक संकटको बेला हङ्कङमा रहेर पनि बिपन्न समुदायलाई राहत उपलब्ध गराएकोमा सहयोगी हातलाई धन्यवाद दिनुभयो ।

राहत बितरणको संयोजन गर्ने  हङ्कङ मगर संघका संस्थापक अध्यक्ष साथै हङ्कङ फेडेरेसन महासंघ का संस्थापक उपाध्यक्ष भोलानाथ थापा मगरले आफ्नु स्वर्गीय माता पिताको नाममा  कोरोनाको रोगबाट भन्दा पनि बाध्यतमक लकडाउनका कारण खाद्यान्न अभावले भोकबाट कोहि पनि नमरुन भन्ने पबित्र उदेश्यबाट प्रेरित भइ स्थानीय सरकारसँग सहकार्य गरी बिपन्न घर परिवारलाई राहत उपलब्ध गराइएको जानकारी दिनुभयो ।

कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जीवनकुमार राई, वडा सदस्यहरु प्रमिला लकान्द्री , डम्बर थापा, उर्मिला रिजाल लगायतले राहत बितरणमा सहजीकरण गर्नु भएको थियो ।

लकडाउनका कारण समस्यामा रहेको अवस्थामा राहत पाएपछि राहत लिन पुगेकाहरु समेत हर्षित भएका थिए । उनीहरुले घरमा भरे के खाने ? भोलि के खाने भन्ने अवस्था रहेका बेला राहत दिएको भन्दै आयोजकलाई धन्यवाद दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.