Websoft University

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ बाट सुरु हुने


काठमाण्डौ साउन ९ गते । रातो तारा डट कम,अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना भाइरस महामारीले रोकिएको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ एक गते देखि फेरि सुरु गर्ने तयारी गरेको छ । कोरोना महामारीको संक्रमण रोक्न सरकारले २०७६ चैत ११ गते देखि बन्दाबन्दी लागु गरेपछि फुटबल टिमको प्रशिक्षण रोकिएको थियो । 

सरकारले चार महिनापछि लकडाउन खुल्ला भएकाले अब खेलकुदको लागि प्रशिक्षण गर्ने बाटो खुलेको हो । नेपालले विश्वकप छनोटअन्तर्गत अक्टोबर–नोभेम्बरमा घरेलु मैदानमा खेल्दैछ । त्यसैका लागि एन्फाले बन्दाबन्दी जारी रहेकै बेला जुलाई पहिलो सातादेखि प्रशिक्षण सुरु गर्न पहल गरेको थियो । तर युवा तथा खेलकुद मन्त्रालय हुँदै सीसीएमसीसम्म उक्त एजेन्डा पुगे पनि पास हुन सकेको थिएन । 

अब सरकारले बन्दाबन्दी खुल्ला गर्दै भदौ एक गतेदेखि अन्तर्राष्ट्रिय प्रशिक्षक र प्रारम्भिक चरणका खेल सुरु गर्न सकिने निर्णय गरेपछि एन्फा पनि फुटबल टिमको प्रशिक्षण सुरु गर्ने तयारीमा लागेको हो । त्यसका लागि एन्फाले विभिन्न चरणमा काम गर्ने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । राष्ट्रिय टिमका धेरै खेलाडी अहिले उपत्यका बाहिर छन् ।

त्यसैले एन्फाले अबको एक सातापछि सबै खेलाडीलाई काठमाडौं बोलाइसक्ने जनाएको छ । काठमाडौंमा आएपछि दुई साता जति खेलाडीलाई होटलमा राखिने भएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.