Websoft University

भदौ १ गते पछिमात्र सर्वोच्च खुल्ने

  

काठमाण्डौ साउन ९ गते । रातो तारा डट कम,सर्वोच्च अदालतले भदौ एक गतेपछि मात्र बन्दाबन्दी खुला गर्ने भएको छ । सरकारले मंगलबार रातिदेखि बन्दाबन्दी अन्त्य भएको घोषणा गरे पनि सर्वोच्च अदालतले यसअघि आफैले दिएको फैसला अनुसार भदौ एक गतेदेखि मात्र लकडाउन खुलेको मान्ने भएको हो । 

सरकारले भदौ एक गतेदेखि मात्र लामो दूरीको यातायात चल्न दिने निर्णय गरेकाले त्यसपछि मात्र बन्दाबन्दी अन्त्य भएको मान्ने निर्णय हुने सर्वोच्च प्रशासनले जनाएको छ । बन्दाबन्दी अवधिलाई ‘शून्य अवधि’ मान्ने र यो अवधिमा अदालतबाट गर्नुपर्ने काम बन्दाबन्दी पूर्ण रुपमा खुलेको एक महिनाभित्र गर्न सकिने फैसला सर्वोच्चले जेठ १५ गते गरेको थियो । 

कोरोना महामारीका कारण विशेष परिस्थिति सिर्जना हुँदा भएको कानुनी प्रावधानले सम्बोधन गर्न नसकेपछि सर्वोच्चले अडवडको आदेश गरेको थियो । उक्त आदेशअनुसार कारोनाका कारण सेवा रोकेको चैत नौ गतेदेखि गुज्रेका म्याद, हदम्याद, तारिख लकडाउन पूर्ण रुपमा खुलेको एक महिनाभित्र थाम्न सकिनेछ । 

२०७६ चैत नौ गतेदेखि अदालतले नियमित कार्यसम्पादन नगर्दा गुज्रेका म्याद, हदम्याद, तारिख, बकपत्र, बयान, रिट निवेदन आदि भदौभर थाम्न सकिने सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दाबन्दीका कारण रोकिएका फिरादपत्र, अभियोगपत्र, प्रतिउत्तरपत्र, पुनरावेदन, पुनरावलोकन पनि बन्दाबन्दी खुलेको ३० दिनपछि सम्म गर्न सकिने छ । जिल्ला अदालतले भने बन्दाबन्दी खुलेको मान्दै म्याद, हदम्याद, तारिख थाम्ने एक महिनाको अवधि सुरु गरिसकेका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.