Websoft University

नेपालमा सङ्क्रमितको संख्या १८ हजार ९४ पुगे



काठमाण्डौ साउन ७ गते । रातो तारा डट कम, नेपालमा आज एक सय जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा थप एक सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयको आजको नियमित कोभिड १९ सम्बन्धि जानकारीका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा सङ्क्रमितको संख्या १८ हजार ९४ पुगेको जानकारी दिनुभयो । प्रवक्ता गौतमका अनुसार हालसम्म सक्रिय सङ्क्रमितको संख्या पाँच हजार तीन सय ६८ रहेको छ । यसै अवधिमा दुइ सय सात जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताउनुभयो । यो समेत गरि कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ । निको हुनेको सङ्ख्या ७० दशमलब एक प्रतिशत रहेको छ ।  गत २४ घन्टामा तीन हजार सात सय ७९ परीक्षण भएका छन् । क्वारेन्टाइनमा अब २० हजार आठ सय ४२ जना रहेका छन् ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.