Websoft University

क्याम्पसहरु खुल्ने भए पनि पढाइ भदौबाट मात्र हुने


काठमाण्डौ साउन ७ गते । रातो तारा डट कम,त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरू आजदेखि खुल्ने भएका छन् । पढाई सुरु नभएपनि क्याम्पसहरू भने खुल्ने विश्व विद्यालयले जानकारी दिएको छ । लकडाउन अन्त्य भएसँगै शिक्षक÷कर्मचारीहरूको सार्वजनिक विदा पनि सकिएकाले आजदेखि क्याम्पस तथा कार्यालयहरू सूचारु हुने त्रिविले जानकारी दिएको छ । कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यति बेलादेखि नै क्याम्पसहरू पूर्णरुपमा बन्द गरी परीक्षाहरू पनि स्थगित गरिएको थियो । शिक्षक तथा कर्मचारीहरूलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो । भदौ १ गतेबाट परीक्षाहरू पनि लिनुपर्ने देखिएकाले त्यस अनुसारको तयारी गरिने विश्वविद्यालयले सूचना निकालेर जानकारी दिएको छ । सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.