Websoft University

अस्ट्रेलियाको मेलबर्नमा फेरि लकडाउनको घोषणा


काठमाण्डौ असार १८ गते । रातो तारा डट कम,कोरोना भाइरसको दोस्रो चरणको लहर सुरु भएको भन्दै अस्ट्रेलियाको मेलबर्नमा फेरि बन्दाबन्दीको घोषणा गरिएको छ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो सहर मेलबर्नमा कोरोना भाइरस महामारीको दोस्रो चरणको लहर सुरु भएको अस्ट्रेलियन सरकारको भनाइ छ । समाचार संस्था रोयटर्सका अनुसार, बन्दाबन्दी आजराति १२ बजेदेखि लागू हुनेछ । तीन लाख २० हजार जनसंख्या रहेको मेलबर्नमा चार साताका लागि लकडाउनको घोषणा गरिएको छ । अस्ट्रेलियन सरकारका अनुसार अस्ट्रेलियामा हालसम्म कोरोना भाइरसका कारण ७ हजार ९ सयभन्दा बढी मानिस सङक्रमित भएका छन् । जसमा एक सय चार जनाको मृत्यु भइसकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.