Websoft University

सुन्दरहरैंचा–१२ का अति विपन्न परिवारलाई जस्ता पाता वितरण


शिव भट्टराई,मोरङ असार १८ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका १२ नम्बर वडा कार्यालयले फुसको छानो हटाउने अभियान अनुसार २० जना अति विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ ।

नगरपालिकाको कार्यक्रम अनुसार वडा कार्यालयमार्फत विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको हो । सुरुमा वडामा रहेका अतिविपन्न परिवारलाई छनौट गरेर उनीहरुलाई प्राथमिकताका आधारमा जस्तापाता वितरण गरिएको वडाध्यक्ष रोशनप्रसाद ढकालले जानकारी दिनुभयो ।

धेरैजनाबाट माग आएपनि त्यसमध्ये पनि अतिविपन्न र तत्काल आवश्यकता भएकालाई छनौट गरि वडामार्फत प्रतिपरिवार ३६ पाताका दरले जस्तापाता वितरण गरिएको वडासदस्य गणेशप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

गरपालिकाले यसै आर्थिकवर्षबाट सुरु गरेको फुसको छानो हटाउने अभियान अनुसार छुट्टिएको बजेटबाट हरेक वडामा २० परिवारलाई जस्ता वितरण गर्ने योजना अनुसार वडा नम्बर १२ मा जस्तापाता वितरण गरिएको वडा सचिव अनिल पोखरेलले जानकारी दिनुभयो ।

यता जस्तापाता पाएपछि वर्षौंदेखि फुसको छानो भएको घरमा बसिरहेकाहरुले खुशी व्यक्त गरेका छन् । स्थानीय दीपक उराउले अब टीनको छानो लगाएपछि बर्षाको समयमा घरको छाना चुहिने समस्या हट्ने भन्दै खुशी व्यक्त गर्नुभयो ।

यस्तै स्थानीय सूर्यबहादुर राईले वडामार्फत जस्तापाता पाएपछि अब वर्षेनी छानो छाउनु पर्ने बाध्यता हटेको भन्दै खुशी लागेको बताउनुभयो । यस्तै स्थानीय देवीलाल उराउ पनि वडाले आफुहरु जस्ता गरिव दुःखीलाई सहयोग गरेकोमा खुशी लागेको बताउनुहुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.