Websoft University

तातोपानी सडक खण्ड तत्काल सञ्चालन गरिने


काठमाण्डौ असार १८ गते । रातो तारा डट कम,वर्षाका कारण क्षति पुगेका तातोपानी सडक खण्ड तत्काल सञ्चालन गरिने भएको छ । वर्षात सुरु भए सँगै पहिरोले अवरोध गरेका ठाँउ खुलाउने र पहिरोको सम्भावित ठाँउमा वैकल्पिक मार्ग निर्माण गर्न भौतिक योजना मन्त्रालय र सडक विभागले तदारुकता देखाएको हो । सोमवार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र सडक विभागका महानिर्देशक केशव शर्माले अरनिको राजमार्गको कोदारी सम्म निरीक्षण गरि जीर्ण सडकको स्तरोन्नति गर्न पहल सुरु हुने वताउनुभयो । नेपाल चीन वीचको प्रमुख नाका तातोपानीलाई निरन्तर सञ्चालनको लागि उच्च प्राथमिकतामा राखिएकोले सडक समस्या हुन नदिने गरि काम गरिएको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख विजय महतोले जानकारी दिनुभयो । वाढी पहिरोका कारण सडक अवरोध भए तत्काल खुलाउन दुई वटा मेसिन तयारि अवस्थामा राखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार तातोपानि सडक खण्डको झ्याले, लार्चामा पहिरोले अवरोध गरेको छ भने सडक नियमित गर्न आवश्यक स्रोत साधन सहित निर्देशन प्राप्त भएको छ । वर्षा सँगै पहिरोको कारण वेला वेला सडक अवरोध भएकोले सामान आयातमा समस्या भएको उहाँले वताउनुभयो । तातोपानी भन्सार सुख्खा वन्दरगाहमा दैनिक १५ कन्टेनर सम्मको भन्सार हुने गरेको छ । चीन तर्फ नेपाल ल्याउने सामाग्री वोकेका कन्टेनर पालो कुरेर वसेको व्यवसायी वताउछन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.