Websoft University

भक्तपुरमा यसवर्ष,औपचारिकतामा मात्रैमा सिमित राख्ने


काठमाण्डौ साउन ४ गते । रातो तारा डट कम, कोभिड १९ को महामारीले गर्दा,भक्तपुर नगरपालिकाले यसवर्ष जात्रा एवं पर्वमा औपचारिकतामा मात्रै सिमित गर्ने भएको छ । भक्तपुर नगरपालिका नगर कार्यपालिकाको बैठक र सरोकारवालासंगको छलफलले जात्रा एवं पर्वलाई औपचारिकतामा मात्रै सिमित गर्ने निर्णय गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । साउन कृष्ण चतुर्दशीका दिन मनाउने गाँथामुग अर्थात घन्टाकर्ण पर्व यसवर्ष भोलि परेको छ । यो पर्वमा नर्कट तथा छ्वालीबाट बनाइएका घण्टाकर्ण अर्थात गाँथामोगलाई भक्तपुरमा रहेका नेवार वस्तीबाट सर्वसाधारणले बाजागाजासहित प्रत्येक दोबाटो, तीनदोबाटो र चौबाटोमा लगेर जलाउने गरिन्छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.