Websoft University

६३ करोड कर संकलन


गाइघाट २ साउन । रातो तारा डट कम,आन्तरीक राजस्व करदाता सेवा कार्यालय गाइघाटले आर्थिक बर्ष २०७६⁄०७७ मा झन्डै ६३ करोड कर संकलन गरेको छ । कोरोना संक्रमण को कारण लामो समय लकडाउन भए पनि राजस्व असुलीमा कुनै प्रभाब नपरेकाले गर्दा गत आर्थिक वर्ष भन्दा १९ करोड ९ लाख ६१ हजार १ सय ५५ रुपैया ५३ पैसा बढी कर संकलन गरेको हो । 

सेवा कार्यालय ले आर्थिक वर्ष २०७५⁄७६ मा ४३ करोड ९० लाख १३ हजार ३ सय ६२ रुपैया ६५ पैसा कर संकलन गरेको थियो । कोरोना संक्रमण को कारण मुलुक लकडाउन बाट प्रभावीत बनेकै वेला गत आर्थिक बर्षको तुलनामा  कर संकलन  ४३.५ प्रतिशत ले बढी हो । सेवा कार्यालयका अधिकृत सुमन वुढाथोकिले  आयकर ११.१ प्रतिशत, ब्याज १०८.१५ प्रतिशत ,र मुल्य अभिबृद्धि कर ९९.५ प्रतिशत वृद्धि भएको बताए। घर बाहल कर २१.४३ प्रतीसत, अन्तशुल्कमा २७.९४ प्रतिशत , स्वास्थ्य सेवा शुल्कमा ९५.५२ प्रतीशत र शिक्षा सेवा शुल्क भने ७४.६८ प्रतिशतले कमी आएको उनले बताए । 

सरकारले शिक्षा र स्वास्थ्य सेवा शुल्क खारेज गरेकोले ति शिर्षक बाट कर संकलनमा कमी आएको सेवा कार्यालयले जनाएको छ । सेवा कार्यालयमा आयकरमा १० हजार ६ सय ७० जनाले दर्ता गरेकाछन । भने १६ हजार ३ सय ७९ जना भ्याट मा दर्ता भएको प्रमुख वुढाथोकी ले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.