Websoft University

१ करोड ९४ हजार ट्राफिकले राजस्व सकलन गर्यो


गाईघाट ११ साउन । रातो तारा डट कम,ट्राफिक प्रहरीले एक बर्षको अवधिमा एक करोड बढी राजस्व उठाएको छ । सवारी नियम उलङघन गर्ने सवारी साधन र चालक बाट आर्थिक वर्ष २०६७⁄०७७ मा १ करोड ९४ हजार रुपैया राजस्व वापत संकलन गरीएको जिल्ला टा«फिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

संकलीत रकम जिल्ला को गाईघाट, कटारी , जलजले , वेलटार , मुर्कुचि र घुर्मि टा«फिक प्रहरी पोष्टले संकलन गरेको हो । सवारी नियम उलङघन गरेवापत सवारी साधन र चालक बाट जरिवाना गराएर संकलन गरीएको टा«फिक प्रहरी प्रमुख सइ होम प्रसाद खनाल ले वताए । यो वर्ष सवै भन्दा धेरै मोटरसाइकल कार्यवाही मा परेको उनले बताए । 

५ हजार १ सय २० वटा मोटरसाईकल लाई कार्याबाहि गरीदा ३३ लाख ८३ हजार रुपैया जरीवाना बापत उठेको उनले बताए । त्यसैगरी ३ हजार ८ सय २१ मालवाहक ट्रक बाट २४ लाख ६८ हजार, ५ सय ,२ हजार ६ सय ८१ वटा कार जिप बाट १६ लाख ५४ हजार, १ हजार ६ सय ९० टेम्पु तथा अटो बाट ८ लाख ७८ हजार  ५,र ७ सय ६६ वटा यात्रुबाईक बस माथिको कार्यबाही बाट ५ लाख १५ हजार ५ सय संकलन गरीएको  सइ  खनाल ले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.