Websoft University

भन्सार छलि चोरी निकासी गरी भारतवाट बोलेरो गाडिमा ल्याएको सुर्तिजन्य पदार्थसहित २ जना मानिस पक्राउ



सुनसरी इटहरी असार  १८ गते । रातो तारा डट कम,सुनसरी ईटहरी उ.म.न.पा वडा नं. ४ पञ्चकन्या मन्दिर अगाडी भारतबाट प्र.-१-०४-००१ च ००३५ नं. को ई.नं. TBK1K82247 भएको MODEL NO- BOLERO PIK-UPFB1.29T महिन्द्रा कम्पनीको चालु अबस्थाको नयाँ  बोलेरो गाडीमा लोड गरी भन्सार छली गरी चोरी निकासी गरी सुर्ति जन्य पदार्थ  ल्याउदै छ भन्ने गोप्य सुचनाको आधारमा  यस कार्यालयबाट खटिएको प्रहरी चेकिङ टोली उक्त स्थानमा पुग्दा जि. सुनसरी गढी गा.पा. वडा नं. ३ छिटाहा वस्ने वर्ष २१ को सुरज कुमार मेहताले चलाई ल्याएको उक्त नम्बरको बोलेरो पिकअप गाडी फेला पारी उक्त गाडी नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा भन्सार छलि चोरी गरी भारतवाट ल्याएको  सुर्तिजन्य पदार्थहरु फेला पारी बरामद गरी उक्त गाडीमा सवार उक्त सामानका धनि जि. सुनसरी  दुबी न.पा. वडा नं. ५ बस्ने वर्ष ४२ को मनोज रौनियार र चालकलाई पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात आवश्यक कारवाहिको लागी उक्त बरामद अ. मुल्य २,८५,०००\-(दुई लाख पचासी हज्जार) बराबरको सुर्तिजन्य पदार्थ , सामान लोड भएको गाडी, गाडीका चालक  सुरज कुमार मेहता , सामान धनि मनोज रौनियारलाई  सेतुवन्ध भन्सार कार्यालय कोशी व्यारेज सुनसरी पठाईएको व्यहोरा जानकारीको लागी अनुरोध गरिएको छ  ।

सुचना अधिकृत
प्र.नि मान प्रसाद श्रेष्ठ (ई.प्र.का ईटहरी , सुनसरी)
९८५२०९०१९६



   



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.