Websoft University

गाइघाट फर्सेट खोला खोला पीच सडकमै प्वाल परेको २ साता बिति सक्ता पनि मर्मत भएन


श्याम राई-गाईघाट १८ असार । रातो तारा डट कम,कदमाहा गाईघाट सडक खण्डको वगाहा स्थीत फर्सेट खोला देखी २ सय मिटर अगाडी को सडक को विच भागमा प्वाल परेको झण्डै एक साता वितिसक्दा पनि सम्वन्धित निकाय ले मर्मत संभारमा चासो देखाएको छैन ।

वर्षाको कारण सडक मुनिको माटो वगाएको ले विच सडककै दुई ठाउमा ठुला , ठुला प्वाल परेर सवारी आवगमन मा समेत खतरा देखीएको छ । वर्षाले सडक मुनिको माटो वगाएकोकारण सडकमा प्वाल परेको स्थानिय मणी निरौला ले भने। सडक मा खाल्डो भएको ले सवारी दुर्घटना हुने र पैदल यात्रीहरु समेत खाल्डोमा पर्ने धेरै संभाबना छ ।

 उनले भने । सडक मा प्वाल परेपछी स्थानिय प्रशासन लाई जानकारी गराई सकेको भए पनि अझ सम्म सडक मर्मत हुन नसकेको वगाहाका शंकर ठाकुर ले भने । सडक डिभिजन कार्यालय लहानका इन्जीनियर नारन थापा ले  प्वाल परेको सडको मर्मत संभार गरीने वताए । 

“हामीले प्वाल परेको सडक को काम तत्काल गर्न पा्रविधिक खटाई सकेका छौ तर वर्षा ले गर्दा काम गर्न ढिलाई भएको छ । उनले भने । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.