Websoft University

स्थायी कमिटीको बैठक अहिले बस्दै–नेकपामा गुटगत छलफल जारी,सबै मिलेरै जानु चै राम्रो हो ।



काठमाण्डौ असार १८ गते । रातो तारा डट कम,नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र शक्ति संघर्ष सुरु भएको छ । यसअघि तीनलाईन शक्ति संघर्ष देखिएको नेकपामा अहिले दुईलाइनमा खुम्चिएको छ । झण्डै दुईतिहाईका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रै कमजोर देखिनु भएको छ । 

तर, कमजोर देखिएपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल समुहले मागेको राजीनामा सहजै स्वीकार गर्ने पक्षमा उहाँ देखिनुहुन्न । पार्टीभित्रको विवादकाबीच आज फेरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक बस्दैछ । हिजो स्थगित गरेर आजका लागि सारिएको बैठकमा लिखित रुपमा तय गरिएका भन्दा पछिल्लो समय बैठकमा उठेका मुख्य दुई एजेण्डामा नै छलफल हुने नेताहरूले बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति र उहाँको कार्यशैलीसँग जोडेर राजीनामा दिनुपर्ने वा नपर्ने भन्नेमा छलफल हुने देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल समुहले राजीनामा दिनुपर्ने निस्कर्ष निकालेको छ । तर प्रधानमन्त्री ओलीसहितको समुहले तत्काल राजीनामा नदिने अडान राखेको छ । नौ सदस्यीय सचिवालयका ६ र ४४ सदस्यीय स्थायी कमिटीका ३० सदस्यले ओलीको राजीनामा माग्ने सहमति गरिसकेका छन् । 

आजको बैठकमा उहाँको समुहले त्यही रेखाबाट धारणा राख्ने तयारी गरेको छ । स्थायी कमिटीको बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । पहिलो रणनीति यसअघि जस्तै अध्यक्ष प्रचण्डसँग मिलेर जाने देखिन्छ । त्यो उपाय काम नलागे बहुमतमा लागि प्रयास हुने देखिएको छ । त्यसमा पनि सफल नभए अरु बाटोहरु खोज्नेमा प्रधानमन्त्री ओलीको रणनीति छ । स्थायी कमिटीको बैठक अघि गुटगत छलफल भने जारी छ । 

अध्यक्ष प्रचण्डले बिहान आफु निकटका नेता, मन्त्रीहरुसँग छलफल गरिरहनु भएको छ । प्रधानमन्त्री ओलीले पनि छलफल गरिरहनु भएको छ । स्थायी कमिटीको बैठक अघि अध्यक्ष ओली र प्रचण्डबीच छुट्टै छलफल हुने पनि तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.