Websoft University

डब्लुएचआले कोभिड १९ को स्रोत पत्ता लगाउन टोली चीन पठाउने


काठमाण्डौ असार १७ गते । रातो तारा डट कम,विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस कोभिड १९ को स्रोत पत्ता लगाउन एक टोली चीन पठाउन लागेको छ । डब्ल्यूएचओले आगामी साता यो टोली अध्ययनका लागि चीन जाने बताएको छ ।  

टोलीले कोरोना भाइरस कहाँबाट आएको थियो भन्ने कुरा पत्ता लगाउनेछ । डब्लुयूएचओले अहिले कोरोना भाइरसको राजनीतिकरण र समग्र विश्व विभाजित भइरहेको समयमा महामारीको अझै खराब अवस्था आउन सक्ने डर रहेको चेतावनी दिइसकेको छ । डब्लुयूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले भाइरसको बारेमा सबै कुरा थाहा भएको भए राम्रो तरिकाले यो महामारी नियन्त्रण गर्न सकिने बताउनुभएको छ । 

अहिले चीन पठाउन लागिएको टोलीले कोरोना भाइरसको उत्पत्तिको बारेमा जानकारी हासिल गर्ने डब्लुयूएचओका प्रमुखको विश्वास छ । टोलीमा को, को सामेल हुनेछन् भन्ने विषयमा भने केही जानकारी दिइएको छैन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.