Websoft University

जडीबुटी र फलफूलका बिरुवा रोपियो


काठमाण्डौ असार १७ गते । रातो तारा डट कम,भक्तपुरका सामुदायिक वनलाई स्थानीय बासिन्दा र नगरपालिकाको आम्दानीको स्रोत बनाउन चाँगुनारायण नगरपालिकाले जडीबुटी र फलफूलका ५० हजार वृक्षरोपण गरेकोछ । वनलाई विकास, सम्बृद्धि र स्थानीयको जीवनस्तर उकास्ने गरी आयश्रोतसँग जोड्ने उद्देश्यले भक्तपुरका वनमा वृहत् वृक्षरोपण अभियान सुरु गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिका क्षेत्र भित्रका विभिन्न सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा भएको वृक्षरोपणमा आम्दानि हुने प्रजातिका विरुवा रोपिएको उहाँले बताउनुभयो । सामुदायिका बनमा कागती, टिमुर, तेजपात, अम्रिसो, एभोकार्डो, लोठसल्ला लगायतका प्रजातिका बिरुवा रोपिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले जानकारी दिनुभयो ।  




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.