Websoft University

एसईईको प्राप्ताङ्क तालिका असार २० गतेभित्र पठाउन परीक्षा बोर्डको आग्रह


काठमाण्डौ असार १७ गते । रातो तारा डट कम,राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई असार २० गतेभित्र माध्यमिक शिक्षा परीक्षा एसईईको प्राप्ताङ्क तालिका शिक्षा विकास तथा समन्वय इकाई (साविक जिल्ला शिक्षा कार्यालय)मा पठाउन भनेको छ । 

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आगामी साउन १५ गतेभित्र एसईई नतिजा प्रकाशन गर्ने लक्ष्य अनुसार विद्यालयलाई ताकेता गरिएको जानकारी दिनुभयो । माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७७ सबै विद्यालयले आफ्ना विद्यार्थीको मूल्यांकन गरी तालिका पठाउनु पर्नेछ । 

मूल्यांकन समितिले तयार गरेको प्रमाणित प्राप्ताङ्क तालिका मार्क लेजर असार २० गतेभित्र अनिवार्य रूपमा शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ । त्यसैगरी समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्तांक विवरण र मूल्यांकन समितिद्वारा प्रमाणित गरी पठाएको मार्क लेजर भिडाएर प्रयोगात्मक र सैद्धान्तिक अंकसहित असार ३० गतेभित्र परीक्षा बोर्डमा पठाइसक्नु पर्नेछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.