Websoft University

रसुवागढी नाका आजबाट नियामित सन्चालनमा आउने


काठमाण्डौ असार २२ गते । रातो तारा डट काम,कोरोनाका कारण ६ महिनादेखि बन्द नेपाल–चीन रसुवागढी नाका भोलिदेखि सञ्चालनमा आउने भएको छ । दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खुल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालयले जनाएको हो । भोलि नेपाली समयअनुसार बिहान आठ बजेदेखि नाका सञ्चालनमा ल्याउन समझदारी बनेको रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यबिक्रम खड्काले सीआइएनसँग बताउनुुभयो । भोलि पहिलो चरणमा केही अघिदेखी नाकाको चीनतर्फ रोकिएका रेडिमेट गार्मेन्ट र स्याउ नेपाल भित्रिने उहाँले बताउनुुभयो । नाका सञ्चालन प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले एक सय २० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने छ । सुरूवातमा हिमपात र पहिरोका कारण पुस १४ गतेबाट नाका बन्द थियो । त्यसपछि कोरोनाको महामारीले प्रभावित भएको हो । नेपालतर्फ आयात हुने सामानको ढुवानी र लोड गर्न नेपाली नै परिचालित हुने र त्यसकालागि १५ जना चालक र १५ जना लोडरी गरी ३० जना जनशक्ति चीनतर्फ पठाएको पनि भन्सार कार्यालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.