Websoft University

परीक्षणका लागि मेलम्चीको पानी काठमाडौं पठाइयो


काठमाण्डौ असार २२ गते । रातो तारा डट काम,मेलम्ची खानेपानी आयोजनाले विधिवत रुपमा आज सुरुङबाट परीक्षणका लागि पानी काठमाडौं पठाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले स्विच थिचेर पानी सुरुङमा पठाउनुभएको हो । ढकालका अनुसार सुरुङको परीक्षणका लागि पानी पठाइएकोहो । उक्त पानी सुरुङको अवस्था ठीक भएमा केही दिनभित्र काठमाडौं पुग्ने छ । मेलम्चीबाट काठमाडौँको सुन्दरीजलसम्म करिब २७ किलोमिटरको दूरी छ । सरकारले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट मार्फत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुमै काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने कुराको आयोजनाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.