Websoft University

नेकपा पाटी नफुटोस् भन्ने चीनिया धारणा


काठमाडौं । रातो तारा डट कम,गएको वैशाखमा विभाजनको मुखमा पुगेको नेकपालाई बचाउन सफल नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी यो पटक अझ संकटमा परेको ठानिएको नेकपाको उद्धारमा नेपाल र नेपालीको हितमा सकारात्मक भएर जुटेकी छिन्। 

अघिल्लो पटक नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालसँग भेट गरि फुटबाट जोगाइदिएको जस उनै यान्छीलाई गएको थियो। तर दुई महिना नबित्दै त्यो भन्दा ठूलो विग्रह नेकपामा देखिएपछि पाटी नफुटोस भनेर उनी फेरि सक्रिय भएकी हुन्।

तत्कालिन एमाले र माओवादीलाई मिलाएर नेकपा बनाउन मुख्य भूमिकामा चिनियाँ कम्युनिष्ट पार्टी नेतृत्वको चीन सरकार रहेको नेपालमा ओपन सेक्रेट हो। आफ्नो भूमिकामै बनेको नेकपा फुटको संघारमा नपुगोस भनेर चीन सरकार हरसम्भव प्रयास गरिरहेको छ। 

(तर नेपालमा भारतीय  राजदुत तिनका नेता पैसा बोकेर नेता किन्न चलखेल गर्न अपराधिक मनसायले पाटीफुटाउने र अस्थिरता पैदा गर्ने त्यही मोैका पारेर एसएलसी लगाएर सीमाका पिलर उखेल्ने नेपाल  तिर सार्ने नेपाली भुमि कब्जा गर्नेे काम भारतले गर्दै आएको छ। आज सम्म भारतले नेपाल लाई राम्रो मनसाय राखेर सहयोग गरेको इतिहास छैन । यो दुखत कुरा हो।)

चिनियाँ दुतावासका दोस्रो तहका कर्मचारी र केहि चिनियाँ व्यपारीहरु नेकपाको विभाजन हुन नदिन लागिपरेका थिए। तर उनीहरुको प्रयास सफल हुन नसकेपछि राजदुत यान्छी आफै मैदानमा उत्रिएकि हुन भनिएको छ। 

यसैबीच यान्छीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग आइतवार राती कोटेश्वरमा भेटेकी छिन।नेकपाको जारी आन्तरिक विवादमा केन्द्रीत भएर यान्छी र नेपालबीच वार्ता भएको नेपाल निकट एक नेताले बताए।  

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच वार्ता चलिरहँदा अर्का वरिष्ठ नेता माधव नेपाल दुई नेताबीच बनेको कार्यदलसँग रुष्ट भएको समाचार सार्वजनिक भएकै बेला नेपालसँग भेटन् यान्छी पुगेकी छिन्।

यान्छीले कम्युनिस्ट पार्टीको वर्तमानप्रति चिन्तित र भविष्यप्रति आशावान कसैको पनि मन दुख्ने कार्य नगर्न नेपाललाई सचेत गराउँदै चिनियाँ सरकारको सन्देश समेत सुनाएको नेपाल निकट ति नेताले बताए। 

वैशाखमा झै यो पटक पनि उनले नेकपालाई एक बनाइ राख्न दवाव दिएकी छन्। जो नेतृत्वमा आएपनि नेकपालाई एक बनाइराख्ने आफ्नो सरकारको सन्देश उनले स्पष्ट रुपमा राखेकी थिइन।  अहिले सम्मका समय हेर्दा चिनले नेपाल लाई सकारात्मक नजरबाट मात्र हेरेको पाइएको छ। हामी पनि आसा गरोै नेकपा पाटी नफुटोस।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.