Websoft University

पाँचपोखरीमा जनैपूर्णिमा मेला नलगाउने


काठमाण्डौ साउन ७ गते । रातो तारा डट कम,कोराना भाइरसको महामारीका कारण,जनैपूर्णिमाको अवसरमा बर्सेनि एक हप्ता सम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक स्थल पाँचपोखरीमा यो वर्ष सो मेला नलाग्ने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको छ । 

गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिनुभयो । यो वर्षको जनैपुर्णिमा साउन १९ गते परेको छ ।

पालिकाले मानिसको भिडभाड हुदाँ कोरोना सङ्क्रमण फैलन अझ मद्दत पुग्ने भएको भन्दै यो वर्षको मेला नगर्न र सहभागि नहुन सबैलाई आग्रह गरेको हो । विभिन्न जिल्लाबाट सर्वसाधरणहरु भेला भर्न पुग्ने गरेका थिए । समुन्द्री सहतबाट करिब ४ हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी ५ वटा ताल रहेका छन् ।

पाँचपोखरीमा जनैपुर्णिमाको मेला भर्न खासगरी तामाङ समुदायको झाँक्री र उनका आफन्तहरु पुग्ने गरेका थिए । पाँचपोखरीको दुईतीन पटकसम्म मेला भरेर आएपछि मात्रै झाँक्रीको रुप धारण गर्न पाउने यो समुदायमा विश्वास छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.