Websoft University

भोलिबाट यातायात सन्चालन गर्ने व्यवसायिको सहमति


काठमाण्डौ साउन ७ गते । रातो तारा डट कम,यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी भोलि देखि सार्वजनिक यातायात सञ्चालन गर्ने सहमति गरेका हुन् । सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा  सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए । हिजो पत्रकार सम्मेलनले महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेकोछ । सरकारले सार्वजनिक सवारीमा आधा सिटमा मात्रै यात्रु बोक्न पाउने नियम बनाएको छ । साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिन सक्ने पनि भनेको छ । लामो दूरीमा सवारी खोल्न पनि यातायात व्यवस्था विभागमार्फत सरकारसँग अनुरोध गर्ने सहमति भएकोछ । मौद्रिक नीतिले पनि व्यवसायीलाई पुर्नकर्जा लगायतका सुविधा दिएकाले यातायात चलाउने वातावरण तयार भएको कुरा बताएका छन  । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.