Websoft University

प्रदेश १ मा ३३ संक्रमित थपिए


विराटनगर, ९ साउन । प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २५, सुनसरीमा ६, मोरंग र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 
झापाको काकडभिट्टामा १७ पुरुष, १ महिला, पुरुबा¥हदशी र झापा गाउँपालिकामा ३–३ पुरुष र विर्तामोडमा १ पुरुष, सुनसरीको रामधुनीमा ३ , इटहरीमा २ र धरानमा १ जना पुरुष, मोरंगको विराटनगरमा १ पुरुष र धनकुटाको महालक्ष्मीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ८१ पुगेको छ । 

प्रदेश १ मा आज १२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट १२ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय ३५ पुगेको छ । प्रदेश १ मा आज ५ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको छ । 

प्रदेश १ मा आज सम्म ३८ हजार ६ सय ७१ ज्नाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.