Websoft University

प्रदेश १ मा ३३ संक्रमित थपिए


विराटनगर, १ साउन । रातो तारा डट कम, प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । ओखलढुङ्गामा १५, इलाममा ६, झापा र सुनसरीमा ४–४, मोरंगमा ३ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ १५ जना पुरुष, इलामको इलाम नगरपालिकामा ६ पुरुष, सुनसरीको इटहरी र कोशी गाउँपालिकामा २–२ पुरुष, झापाको भद्रपुरमा २ महिला, मेचीनगरमा १ महिला, कनकाईमा १ पुरुष, विराटनगरमा २ महिला, १ पुरुष र उदयपुरको त्रियुगामा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ७४ पुगेको छ ।
 प्रदेश १ बाट आज १४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ४ महिला र १० पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६ सय ५६ पुगेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.