Websoft University

कुलो बाट लडेर मृत्यु


बिराटनगर साउन ७ गते । रातो तारा डट कम,गाईघाट  कुलो बाट लडेर बुधबार बिहान उदयपुरको कटारीमा एक जना को मृत्यु भएको छ । स्थानीय बादुरा खोला बाट घुर्मि तर्फको खेतमा पानी ल्याउन कुलो खन्ने क्रममा लडेर कटारी नगरपालीका १४ घुर्मि बस्ने ५७ वर्षिय कृष्ण बहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । मगर खेत को आली देखी झण्डै ३० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले सार्वजानीक मुद्धाका फरार एक युवा लाई पका्रउ गरेको छ । जिल्ला प्रशासन उदयपुरले गुन्डागर्दीमा संलग्न भै ५ हजार रुपैया जरीवाना तोकेका त्रियुगा नगरपालीका ११ गाइघाट बस्ने २७ बर्षिय हरिवल राई लाई पका्रउ गरेको छ । प्रहरीले सार्वजानीक मुद्धा दायर गरे संगै राई फरार रहेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.