Websoft University

भिन्डी औषधिय गुणले भरिपुर्ण तरकारी हो


तेजेन्द्र भण्डारी–स्वतन्त्र पत्रकार,
बिराटनगर साउन ८ गते । रातो तारा डट कम, कृषि समचारमा, भिन्डी भन्ने बितिकै हरेका मानिसलाई यसको परिचय राम्रोसंग थाहाहुन्छ । हरेक ठुला साना धनी गरिव जुनसुकै प्रकारका मानिसहरुको भान्सा घरमा यो भिन्डीले तरकारीको भाडा भरेकै हुन्छ । भिन्डीको खेती तराइ, पहाड सबै ठाउँमा कृषकहरुले गरेको पाइन्छ ।

भिन्डीको खेती जुनसुकै ठाउमा पनि सजिलै गर्न सकिन्छ । यो हरीयो प्रकारको कोसे तरकारी जातिमा परेकाले हिउद र वर्षा दुबै सिजनमा कृर्षहरुले प्रसस्तै उत्पादन गरेको पाइन्छ । भिन्डीको बेर्ना एक पटक करेसाबारीमा लगाए पछि यसले मानिसलाई लामोसमय सम्म तरकारीको आपुर्तिगरिरहेको पाइन्छ । 

भिन्डीको फुल र भिन्डीको टुप्पो खाएमा धेरै प्रकारका रोग निकोहुने गाउँघरमा बुडापाकाहरुले बताउछन् । जुनसुकै सिजनमा पनि भिन्डीको तरकारी फलाउन सकिन्छ ।

महिला र पुरुषहरुमा धातु बग्ने रोग होस वा महिलाहरुमा सेतो पानी बग्ने खालको रोग होस भिन्डी काटेर पानीमा राखेर त्यसको रस सेवन गरेमा निको हुनेकुरा पनि बुडापाकाहरुको भनाइ छ ।

भिन्डीलाई मानिसहरुले तरकारीको रुपमा मात्र हेरेका छैनन् । किन भने यो अति बहुमुल्य औषधिय गुणहरुले भरिपुर्ण हरीयो तरकारीका रुपमा मान्दै र खादै आएका छन । मानिसहरुको शरिरमा नभइनहुने भिटामिन ए, भिटामिन सी, आइरन, क्यालिसियाम, र म्याग्नेसियाम भिन्डीमा प्रसस्तै पाइने भएकाले बजारमा उपभोक्ताहरुको आवश्यक्ता बढिरहेको पाइन्छ ।

भिन्डी र करेलाको तरकारी सगै नखाने–
भिन्डीको तरकारी खोने मानिसहरुले केहिकुरा जानिराख्नु उपयोगी छ । यो तरकारी प्रयोग गर्दा, खादा वा तरकारी पकाउदा तितेकरेला यसमा मिसाउनु हुदैन् । भिन्डी संग तितेकरेली मिसाएर खाएमा केहुन्छ भन्ने जिज्ञसा तपाइलाई हुनसक्छ ? यो दुबै तरकारी वा करेला भिन्डीसगै खानाले पेटमा फुट पैजन गराउछ ।

 कसैले खाइहालेमा यसका धेरै असरहरु बिस्तारै देखिदै जानेछन भने भिन्डी करेला एकैसाथ खाने मानिसहरुको मुख अनुहार छालामा एकजिमा जस्ता रोग देखिन थाल्नछ । त्यसैले सावधानी अपनाउनु होला धन्यवाद ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.