Websoft University

नमाग मसँग मायामा सरिता, रमेश र भूपेन्द्र त्रिकोणात्मक प्रेम



काठमाडौं। रातो तारा डट कम,गायक तथा सँगीतकार सुवर्णकुमार श्रेष्ठले आफ्नो नयाँ गीत नमाग मसँग माया...को भिडियो सामाजिक सञ्जाल युट्युवबाट रिलिज गरेका छन् । बुढासुब्बा डिजिटलबाट यो गीतको भिडियो रिलिज गरिएको हो । यो गजललाई सुवर्ण आफैंले लेखेका हुन् ।

यो गीतको भिडियो त्रिकोणात्मक प्रेम कथा देखाईएको छ ।  भिडियोमा गायिका, मोडल तथा सञ्चालकर्मी सरिता भारतीसँगै अभिनेता रमेश चन्द सोडारी र भूपेन्द्र कुमार खड्काले अभिनय गरेका छन् । ब्युटी न्युज नेपालकी समाचार सँयोजक सरिता यो भिडियोमा अभिनेता रमेश प्रेमी प्रेमिकाको भूमिकामा छन । यी दुईको प्रेममा बाधक बनेर भूपेन्द्र प्रस्तुत भएका छन् ।

यी तिनै जनाको अभिनय सार्थक छ । अतिथि भूमिकामा मेकअप आर्टिस्ट बन्दना मग्राती पनि प्रस्तुत भएकी छिन् । भिडियोको मेकअप बन्दनाले गरेकी हुन् ।

यो गीतको भिडियोलाई सञ्चारकर्मी डब्बुु क्षत्रीले निर्देशन गरेका हुन् । आफ्नी श्रीमती तथा प्रेमिकालाई सानो कुरामा शँका गर्दा घरनै बर्बाद हुने र सम्बन्ध बिग्रने कथा यो गीतको भिडियोमा प्रस्तुत गरिएको क्षेत्रीले बताए । बियोगान्त शैलीको यो गीतले शँकाले लँका जलाउँछ भन्ने सन्देश दिएको छ ।

यो भिडियोमा मोहनिस श्रेष्ठको छायाँकन र डब्बु क्षेत्रीकै सम्पादन रहेको छ । भिडियोमा कलाकारहरुको पहिरन काजल क्रियसनकी फेशन डिजाईन काजल शर्माले तयार गरेकी हुन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.