Websoft University

२ लाख भारतिय रुपैयाँ सहित १ महिला पक्राउ


मोरङ, असार १२ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-१५ रानीबाट २ लाख भारतिय रुपैयाँ सहित १ महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहिवार अपरान्ह पौने ५ बजे बिराटनगर महानगरपालिका-१७ बस्ने २५ बर्षीया कोरेसा खातुनलाई ५०० दरको भारतिय नोट ४०० थान गरी, जम्मा २,००,०००।(दुई लाख) रुपैयाँ सहित पक्राउ गरेको हो । भारतिय रुपैयाँ सहित पक्राउ परेकी खातुनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.