Websoft University

कानेपोखरी स्थित महेन्द्र राजमार्गमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ


पथरी  असार १२ गते । रातो तारा डट कम, मोरङको कानेपोखरी स्थित महेन्द्र राजमार्गमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

बिहिबार राती कानेपोखरी गाउँपालिका–७ मा स्थित महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओ विपरीत दिसाबाट आउदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकलमा सवार पाँचथरको फिदिम नगरपालिका–२ का ३८ वर्षीय गजेन्द्रकुमार गुरुङ र झापा बुद्धशान्ति गाउँपालिका–४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बूको मृत्यु भएको हो ।

दुर्घटनामा परी पैदलयात्री अन्दाजी ४५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको थियो । उनको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीले जानकारी दिए ।

मृत्यु भएका गुरुङको नोबेल मेडिकल कलेज र लिम्बूको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको स्कारपिओले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो । त्यसपछि सोही गाडीले अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।

दुर्घटनापछि स्कोरपिओका चालक सुनसरी इटहरीका ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.