Websoft University

नेकपा को मोरङ जिल्ला बैठक विभिन्न निर्णय कार्यक्रम गर्दै सम्पन्न


बिराटनगर । रातो तारा डट कम,नेकपा मोरङ जिल्ला कार्यालयको बैठक अध्यक्ष कमरेड ऋषिकेश पोखरेलको अध्यक्षतामा २०७७ आषाढ १० गते सम्पन्न भयो । सो बैठकले गरेका निर्णयहरू प्रकाशनार्थ निम्न अनुसार सार्वजनिक गरिन्छ । 

(१) यही आषाढ १४ गते आइतबारका दिन राष्ट्रिय वृक्षारोपण दिवस तथा ६९ ओैं मदन जयन्तीको अवसरमा ‘वृक्षारोपण गराै, वातावरण जोगाउँ’ भन्ने नाराका साथमा जिल्लाव्यापी रूपमा वृहत वृक्षारोपण गरी ६९ औं मदन जयन्ती मनाउने ।

सो कार्यको लागि मोरङ पूर्वको रतुवामाई र उत्तरको बेलबारी गरी जम्मा दुईवटा मुख्य केन्द्र बनाई आसपासका पालिका कमिटीहरूलाई सो केन्द्रमा भेला हुन निर्देश गर्ने निर्णयगरियो ।

(क) सो दिन उत्तरी मोरङको बेलबारी–८ स्थित सामुदायिक वनमा दिनको १ बजेदेखि कार्यक्रम सुरू हुने  ।

(ख) साथै पूर्वी मोरङको रतुवामाइको झुनाबारीमा दिनको ११ बजे कार्यक्रम सुरू हुने ।

(ग) उक्त कार्यक्रममा पार्टीका सबै जिल्ला कमिटी सदस्य, पालिका कमिटी, जनसंगठन, शुभचिन्तकलगायत आम–जनताको  सहभागितामा सामाजिक दूरी कायम राख्दै कार्यक्रम सम्पन्न गर्ने  ।

(घ) मुख्य दुई केन्द्रमा उपस्थित हुन असमर्थ प्रत्येक कमिटी तथा  सदस्यहरूले आ–आफ्नो घरलगायत पायक पर्ने सार्वजनिकस्थलमा अनिवार्य रूपमा विरूवा रोप्न अभियान चलाउन निर्देशन गर्ने  ।

(ङ) उल्लेखित कार्यक्रम आन्तरिक मामिलामन्त्री श्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यता तथा पार्टी केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, प्रदेश मन्त्री सांसदलगायतको आतिथ्यता रहने । 

(२) आषाढ १५ गतेको राष्ट्रिय धान दिवसलाई भव्य रूपमा सम्पन्न गर्न मनमोहन पोलिटेक्निकको व्यवस्थापनमा बुढीगंगा गाउँपालिकाको हात्तीमुढामा वृहत धान रोपाई गर्ने र सो कार्य क्रममा पार्टी जिल्ला कमिटी जनसंगठनलगायत, बुढीगंगा, ग्रामथान, कटहरी र विराटनगर महानगरपालिका कमिटीका सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन गर्ने निर्णय साथ बैठक समापन गरिएको कुरा बिज्ञप्ति मार्फत जानकारी गराएकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.