Websoft University

नेपालमा थप ५ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण


काठमाण्डौ असार १२ गते । रातो तारा डट कम,विगत २४ घण्टायता नेपालमा थप ५ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यीमध्ये १ सय ७ महिला हुन्  भने बाँकी ४ सय ८६ जना पुरुष हुन्  । आज थपिएका सहित नेपालमा सङ्क्रमितको संख्या ११ हजार ७ सय ५५ जना पुगेको छ । हालसम्म २ हजार ६ सय ९८ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । आज थप ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । प्रवक्ता डा. गौतमका अनुसार देशका ७६ जिल्लामा संङ्क्रमण देखिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.